बुटवल जाँदै गरेको यात्रुबाहक बस अर्घाखाँचीको नरपानीमा भीरबाट खस्यो
११ मंसिर, काठमाडाैँ । बुटवल जाँदै गरेको यात्रुबाहक बस भीरबाट खसेको छ । प्रहरीका अनुसार अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको हो । लु २ ख २१६८ नम्वर बस सन्धिखर्कबाट वुटवल जानेक्रममा नरपानीको भीरबाट खसेको प्रहरीले जनाएको छ । घटनामा के कति क्षति भयो भन्ने बारेमा बिस्तृत बिवरण आउँन बांकी छ । प्रहरीको टोली घटनास्थलतिर जाँदैछ । मोड काट्न खनेको सडकको धुलोबाट सडक भासिएर बस सडकबाट झण्डै हजार मिटर तल झरेकाे प्रहरीले बताएको छ ।

प्रकाशित मिति : November 27, 2019 at 4:48 pm









