१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

देउवाकै शैलीमा प्रचण्डको भाषण, देवघाट जानेबेलामा कांग्रेसले पौडेललाई उम्मेदवार बनाएको आरोप

११ मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरा पुगेर विवादित चर्को अभिव्यक्ति दिएको एक साता नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोही शैलीमा विवादित अभिव्यक्ति दिएका छन । मंसिर १४ मा हुने उपचुनावको माैन अवधि सुरू हुने पूर्व सन्ध्यामा नेकपाको सभामा सम्बोधन गर्न पुगेका प्रचण्डले कांग्रेसका उम्मेदवारमाथि गम्भीर ढंगको प्रश्न गरेका छन ।

उनले कांग्रेसले कास्की २ मा उमेद्वार बनाएका खेमराज पौडेललाई देवघाटतिर जानेबेलामा चुनावमा उठाएको आरोप लगाए । हेलिकोप्टरमार्फत् भाषण गर्न पोखरा पुगेका प्रचण्डले उत्तेजक अभिव्यक्ति दिएका हुन । ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षका बुढालाई अघि सारेका छन्,’ उनले भने, ‘जो अब देवघाटतिर जानुपर्ने बेलाका छन्। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने, अनि ६५ वर्षको जवानलाई रेस्ट गर्ने भन्न मिल्छ त ?’ देउवाले केही दिनअघि कास्कीमै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नयाँ नक्सा सार्वजनिक गरेको विवादित अभिव्यक्ति दिए ।

प्रकाशित मिति : 16:32