१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, कुराकानी गर्न सक्ने अवस्था छः अस्पताल (विज्ञप्तिसहित)

११ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । ओलीको उपचारमा संलग्न चिकित्सकले ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएका हुन । ओलीको हिजो महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न गरिएको थियो ।

फाइल तस्बीर ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे तेस्रो विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जनाएका छन । उनले ओलीलाइ सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको पनि उल्लेख गरेका छन । विज्ञप्तिमा ओली बोल्न सक्ने अवस्थामा पुगेको समेत उल्लेख गरिएको छ।

प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार जारी राखिएको छ । प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि हिजो बिहान सो सेन्टरमा जानुभएको थियो । विज्ञ टोलीले उहाँको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिससहित पेटको सङ्क्रमण देखिएको थियो । उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतका टोली संलग्न रहेका छन ।

प्रकाशित मिति : November 27, 2019 at 10:50 am