१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

कांग्रेस सभापति देउवालाई आफ्नै प्रदेशमा नेता जोगाउन गाह्रो, निर्वाचित वडाअध्यक्ष नेकपामा प्रवेश

११ मंसिर, बैतडी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै प्रदेशमा नेता जोगाउन कठिन देखिएको छ । पछिल्लो निर्वाचन यतामात्र दर्जनबढी जनप्रतिनिधिले कांग्रेस छाडेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन । कांग्रेसको अलोकप्रियता बढ्दै जाँदा स्थानीय तहमा रूख चिन्हबाट चुनाव जितेकाहरूले नै कांग्रेस छाड्ने लहर चलेको हो ।

तस्बीरः थाहाखबर डटकम ।

स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसवाट निर्वाचित बैतडीका एक वडाअध्यक्ष सत्तारुढ नेकपामा प्रवेश गरेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका ७ का वडाअध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन । पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावी सभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए ।

प्रकाशित मिति : 11:00