जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेका श्रमजीवीको साथमा सदैव रहनेछुः विष्ट
११ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू जीवनभर श्रमजिवीको साथमा रहने बताएका छन । बुधबार सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै निवर्तमान मन्त्री विष्टले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा जोड दिएका छन ।

उनले जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेका श्रमिकको साहरा नै सामाजिक सुरक्षा योजना भएको बताउँदै योजना सफलताको कामना गर्दै आफू सदैव श्रमजीवीको साथमा रहने बताएका छन । उनले लेखेका छन ‘आफ्नै पसिना र पौरखमा बाँच्ने मेहनतका श्रमिकहरु, जो जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेका छ्न, उनीहरुको सहारा हो( सामाजिक सुरक्षा योजना । जसको पूर्ण सफलताका लागि म सदैव श्रमजीवीको साथमा रहनेछु ।’
प्रकाशित मिति : 10:32









