१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

ट्याक्टरले किचेर एकको मृत्यु

१० मंसिर, चितवन । भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोटका ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार गएराति राति ११ बजे ना७त ४७० नं को ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा ट्याक्टरबाट खस्दा रानामगरलाई पछाडीको चक्काले किचेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : November 26, 2019 at 1:32 pm