१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

प्रधानमन्त्री ओली अस्पताल भर्ना

१० मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री ओलीकाे स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

१२ वर्षअघि प्रत्यारोपण गराएको प्रधानमन्त्री ओलीकाे मिर्गौलामा पछिल्लाे समय समस्या देखिन थालेकाे छ । प्रधानमन्त्री ओलीकाे शरीरमा बढेको एन्टिबडी कम गर्न केही महिनाअघि सिंगापुरमा  प्लाज्मा फेरेसिस् गरिएको थियो । केहिदिन अघिदेखि ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म उनको चारपटक डायलासिस भएको छ । अस्पतालले उनको स्वास्थ्य परीक्षण भइरहेको जनाएको छ ।

प्रकाशित मिति : November 26, 2019 at 10:35 am