१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

म र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष, प्रथम म र द्वितीय उहाँ हुनुहुन्छ : ओली (भिडियाेसहित)

१० मंसिर, काठमाडाैँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू पनि कार्यकारी अध्यक्ष नै रहेको बताएका छन । पत्रकार भुषण दाहालको ‘फायर साइड’मा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले आफू र प्रचण्ड दुबै कार्यकारी अध्यक्ष रहेको बताए । उनले नेकपाको सचिवालयले पछिल्लो पटक गरेको निर्णयबारे सबैले बझ्ने भाषामा स्पष्ट पारे ।

उनले भने ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितीय उहाँ (प्रचण्ड) हुनुहुन्छ । विगतमा दुई अध्यक्ष भएपनि पार्टी बैठकको अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ’, उनले भने, ‘अहिले म बढी सरकारको काममा लाग्नुपरेको छ । पहिले पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा फेरि अस्थिरता हुने देखिएकाले नयाँ समझदारी भएको हो ।’

ओलीले पार्टी अध्यक्ष कार्यकारी नै हुने भन्दै कहिले आफू र कहिले प्रचण्डले बैठकको अध्यक्षता गर्ने पनि स्पस्ट पारेका छन ।  प्रधानमन्त्री ओलीले भने ‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । पहिले मैलेमात्रै अध्यक्षता गर्थेँ, अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ ।’

प्रकाशित मिति : 06:40