११ असार २०८३, बिहिबार | Fri Jun 26 2026

स्वास्थ्य परीक्षण गर्न आएकी महिलामाथि याैन दुर्व्यवहार गर्ने मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ

९ मंसिर, ललितपुर । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् । अस्पतालमा उपचार गर्न आएकी एक युवतीमाथि बलात्कार प्रयास गरेको अभियोगमा उनलाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

‘अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आएकी एक युवतीले झाले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि भर्खर उनलाई पक्राउ गरिएकाे ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुर राईले बताए । पक्राउ परेका झालाई ललितपुर प्रहरी कार्यालयमा राखेर अनुसन्धान सुरू गरिएकाे एसएसपी राईले बताए ।

प्रकाशित मिति : November 25, 2019 at 6:22 pm