१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

जिम्मेवारी हेरफेर भएको पाँचौं दिनमा कानून मन्त्री यादवद्धारा पदभार ग्रहण

९ मंसिर, काठमाडाैँ । उपप्रधानमन्त्री उपेन्द्र यादवले कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका छन् । स्वास्थ्य मन्त्रालयबाट कानूनमा सारिएका यादव जिम्मेवारी हेरफेर भएको पाचौं दिनमा कार्यभार सम्हाल्न मन्त्रालय पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको मन्त्रिपरिषद् हेरफेरमा समाजवादी पार्टीका एक राज्यमन्त्री हटाउँदै उपेन्द्रको मन्त्रालय हेरफेर गरेका थिए ।

यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकाललाई दिएर उपेन्द्रलाई भानुभक्तले सम्हाल्दै गरेको कानून मन्त्रालयको जिम्मा दिइएको छ । सल्लाह नगरी मन्त्रालय फेरबदल गरेको तथा राज्यमन्त्री हटाएको भन्दै समाजवादी पार्टीभित्र सरकारबाट बाहिरिने विषयमा छलफल भएको थियो । कार्यभार सम्हाल्दै यादवले मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको विशेषधिकार भएको बताए ।

प्रकाशित मिति : 15:11