२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

प्राइम बैंकको १६ प्रतिशत लाभांश घोषणा

९ मंसिर, काठमाडाैँ । प्राइम कमर्शियल बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको हाे । बैंकको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ९ अर्ब ६८ करोड रुपैयाँको १६ प्रतिशत अर्थात् एक अर्ब ५४ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीले पाउनेछन्। हाल ९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले अघिल्लो आर्थिक वर्षमा पनि चुक्ता पूँजीको १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरण गरेको थियो । बैंकले कन्काई विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरेर भदौ २९ गते आइतबारदेखि एकीकृत कारोबारको थालेको थियो। बैंक अझै कैलाश विकास बैंक तथा ललितपुर फाइनान्सलाई आफुमा गाभ्ने अभियानमा रहेको छ।

प्रकाशित मिति : November 25, 2019 at 12:32 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/