काठमाडौँकाे बानेश्वरमा गाडीको ठक्करबाट चिकित्सकको मृत्यु
८ मंसिर, काठमाडाैँ । काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरमा सवारी दुर्घटनामा परी आज एक चिकित्सकको मृत्यु भएको छ ।पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा पैदलयात्री डा प्रभु जोशीको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते जोशीको सिभिल अस्पताल मिनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारीसाधन र चालकको खोजी भइरहेको छ ।
प्रकाशित मिति : November 24, 2019 at 7:55 pm









