१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

समाजवादीसँग तत्काल एकताको सम्भावना छैन : राजेन्द्र महतो

८ मंसिर, लहान । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताउनुभएको छ । पार्टीको कार्यक्रमका लागि सिरहा आइपुग्नुभएका संयोजक महतोले आज सञ्चारकर्मीसँग समाजवादी पार्टी सरकारबाट नबाहिरिएकाले तत्काल एकताको सम्भावना नरहेको बताउनुभयो ।

वडाध्यक्ष पदका लागि यही मंसिर १४ गते हुन लागेको चुनावीसभालाई सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ स्थित हाटीमा आइतबार सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महताे

लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादीलगायतका पार्टीहरुसँग एकताको कुरा भइरहेको उल्लेख गर्दै महतोले अहिले नयाँ वैकल्पिक शक्तिको खाँचो रहेको बताउनुभयो । संविधान संशोधन, मधेश आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएको मुद्दा फिर्तालगायतका मागहरु सम्बोधन नभएसम्म तत्काल आफ्नो पार्टीले सङ्घीय सरकारलाई सहयोग गर्न नसक्ने बताउनुभयो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मधेश र मधेशीको पहिचान र अस्तित्व रक्षाको लागि जनमत सङ्ग्रहको रूपमा आफ्नो पार्टीले लिएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : 19:37