१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

एक मन्त्रीमात्र बाँकी रहे पनि समाजवादीले सरकार नछाड्ने, यस्तो छ कारण

८ मंसिर, काठमाडौँ । समाजवादी पार्टीले एक मात्र मन्त्री पद रहेपनि सरकार नछाड्ने संकेत गरेको छ । तीन जना मन्त्रीपरिषद्मा रहेको समाजवादीका एक सदस्य अस्पताल भर्ना भएर बसेको समयमै मन्त्रीबाट बर्खास्त भए भने अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवको मन्त्रालय उनको जानकारी विनानै खोसिएपछि समाजवादीले सरकार छाड्ने आँकलन गरिएको थियो ।

समाजवादीले मन्त्रिपरिषद् पुनर्गठनको सन्दर्भमा कुरा गर्न चन्दै डा बाबुराम भट्टराइको संयोजकत्वमा चार सदस्यीय कार्यादल बनाएको छ । उक्त कार्यदलले तत्कालका लागि सरकारमै बसेर संघर्ष गर्ने निष्कर्ष निकालिसकेको छ । यद्यपी उनीहरूको सरकारसँग वार्ता गरेको जस्तो गरेर फेस सेभिङ गर्ने भएका छन । यी विषय पेचिलो भन्दै जाँदा समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले सामाजिक सञ्जाल फेसबुक मार्फत केही स्पष्ट पार्न खोजेका छन ।

उनले यस्तो लेखेका छन -बाहिर एकथरि साथीहरु बाबुराम र उपेन्द्रको फरक फरक लाइन छ, एउटा सरकार छोड्ने, अर्को बस्ने भन्छन् । यो चर्चा परिचर्चाको कुनै सत्यता छैन । बाबुराम र उपेन्द्रको लाइन एउटै छ – एकपटक संविधान संशोधनका लागि अन्तिम कोसिस गर्ने, वार्ता बाटै समस्या समाधान भयो भने सबैको हित हुन्छ । वार्ताको माध्यमबाट भएन भने सडक त छँदैछ । तर सकभर आन्दोलनमा जान नपरोस् भन्ने हो । सडकमा जान पर्‍यो भने त सडकको तागत कति हुन्छ भन्ने सरकारको नेतृत्व गर्नेले नबुझ्ने कुरै भएन । सरकारमा रहने नरहने भन्ने कुरा प्राविधिक मात्रै हो, अरु मुद्दागत कुराले यसको निर्धारण गर्छ, यही प्रधान विषय हैन ।

प्रकाशित मिति : 13:21