मेडिकल कलेज सञ्चालकहरुको षडयन्त्र र दमनका विरुद्ध अनेरास्ववियू सडकमा
८ मंसिर, काठमाडाैँ । मेडिकल कलेज सञ्चालकहरुको षडयन्त्र र दमनका विरुद्ध अनेरास्ववियू सडकमा उत्रिएको छ । विभिन्न मेडिकल कलेजले विद्यार्थीमाथि दूर्व्यवहार गर्ने दमन गर्नेक्रम बढेपछि अनेरास्ववियूलले विज्ञप्ति नै जारी गरे सडकमा उत्रने घोषणा गरेको हो । अनेरास्वविूयका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति मार्फत निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडी बढाउन सरकारलाई आग्रह गरेका छन ।
यस्तो छ अनेरास्ववियूको विज्ञप्ति
मेडिकल शिक्षाको क्षेत्रमा देखिएका विसंगति, शुल्क, छात्रवृत्ती लगायतका समस्याका विषयमा हाम्रो संगठनको पटक– पटकको ध्यानाकर्षण र आन्दोलन पछि मेडिकल कलेज सञ्चालक, विश्वविद्यालय र सरकार सँग विभिन्न सहमति र सम्झौताहरु भएका थिए । सोहि सम्झौताको कार्यान्वयन हुन नसक्दा हामिले सरोकारवाला निकायलाई पटक–पटक घच्घचाएका थियौं । हाम्रो दबाव स्वरुप सरकारले मेडिकल कलेजलाई सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न बढी लिएको शुल्क समायोजन र फिर्ता गर्न १ महिने अल्टिमेटम दिएको थियो । सो समय सकिए पछि पनि समस्याको दिर्घकालिन समाधान खोज्न र शान्तिपूर्ण शैक्षिक वातावरण निर्माणका लागि पून १५ दिने म्याद मेडिकल कलेजलाई दिएको कुरा जग जाहेर छ ।

पटक–पटक मेडिकल कलेजहरुबाट धोका पाएका विद्यार्थीहरुले निर्धारित समयभित्र शुल्क कार्यान्वयन, समायोजन र फिर्ताको माहोल निर्माण गर्न दवाव स्वरुप शान्तिपूर्ण धर्नाका कार्यक्रमहरु सञ्चाल गर्दै गर्दा निजि मेडिकल कलेज सञ्चालक स ंघका अध्यक्ष समेत रहेका बसुरिदिन अन्सारीको नेशनल मेडिकल कलेज विरगञ्जका विद्यार्थीहरुमाथी प्रशासनबाट हातपात गरिएको, होस्टलमा बस्न रोक लगाइएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यसै गरि यूनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुमाथि गरिएको दमन, षडयन्त्र र ज्यान मार्ने सम्मका धम्किहरुले हामिलाई थप आक्रोशित बनाएको छ । हामी शान्तिपूर्ण आन्दोलन र धर्नामा रहेका विद्यार्थीहरुलाई होस्टलमा बस्ने र जीवनको शुरक्षाको प्रवन्ध मिलाउन प्रशासनलाई सचेत गराउँदछांै । सरकारले उदारतापूर्वक पछिल्लो पटक दिएको १५ दिनको समय सिमा भित्र शुल्क कार्यान्वयन र समायोजन गर्न हामी पून मेडिकल कलेजहरुलाई आग्रह गर्दछाैँ ।
निर्धारित समय भित्र सहमतिको कार्यान्वयन नगरिए मेडिकल कलेजहरुको एफिलेशन खारेज गर्न, अध्ययनरत विद्यार्थीहरुको व्यवस्थापन गर्न, निर्धारितभन्दा बढी शुल्क लिने कलेज सञ्चालकहरुलाई गिरफ्तार गरी कारबाही अगाडी बढाउन सरकारलाई आग्रह गर्दछांै । अन्यथा अनेरास्ववियू कडा आन्दोलनमा उत्रन बाध्य हुनेछ । निरन्तर खबरदारी र दबाव बढाउ मेडिकल कलेजका विद्यार्थीहलाई अपिल गर्दै मेडिकल कलेज सञ्चालकहरुको षडयन्त्र र दमनका विरुद्ध आज दिउँसो १ बजे नेशनल मेडिकल कलेज अगाडी हुने वृहत विरोध प्रदर्शन कार्यक्रममा सहभागि हुन पनि विद्यार्थी साथीहरुलाई अपिल गर्दछांै । साथै गण्डकी, यूनिभर्सल र चितवन मेडिकल कलेजमा भइरहेका प्रदर्शन प्रति हार्दिक ऐक्यबद्वता !

प्रकाशित मिति : 12:47









