नुवाकोटको बेलकोटगढीबाट जन्ती लिएर जाँदै गरेको बस धादिङको बैरेनीमा दुर्घटना
८ मंसिर, काठमाडाैँ । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जन्ती लिएर जाँदै गरेको बस पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका-६ बैरेनीबजारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान भएको बा २ ख ६२६८ नम्बरको सो बस दुर्घटनामा ४० जना घाइते भएका छन्।

सडकको खाल्डो छल्ने क्रममा बस दुर्घटना हुँदा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका- ५ की १४ वर्षीया बालिका डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।
दुर्घटनामा घाइते भएका ४० जनामध्ये १७ जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ भने २३ जनाको बैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : November 24, 2019 at 9:03 am









