१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

६ मंसिर, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबार अपराह्न ५ बजेदेखि ४ दिनसम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ९ गतेसम्म नाका बन्द रहनेछ ।

मंसिर ८ गते भारतमा विधानसभाको उप-चुनाव हुने भएकाले सुरक्षा संवेदनशीलता कारण सीमा ठप्प बनाइएको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरे आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

यसअघि गत असोज १८ मा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य चुनाव हुँदा पनि असोज १६ देखि १८ गतेसम्म ३ दिन झुलाघाट नाका बन्द गरिएको थियो ।

फाइल तस्बिर ।

प्रकाशित मिति : November 22, 2019 at 9:18 am