१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेपाली भूमि कब्जा गरी भारतीयले गरे आलु खेती !

६ मंसिर, झापा । नेपाली भूमि मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् । गौरीगन्ज गाउँपालिका साविक आमगाछी ४ मा यस्तो अवस्था रहेको नेपाल समाचारपत्रमा खबर छ ।

सोही स्थानको खेलमैदानपूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकैखेती गरिरहेका छन् ।

भारतीय पक्षबाट सीमा पश्चिम सारिएपछि अहिले आमगाछीको पचासौं बिघा जमिन भारतीयको कब्जामा रहेको स्थानीयले बताएका छन् ।

फाइल तस्बिर ।

प्रकाशित मिति : November 22, 2019 at 8:14 am