अर्कै कम्पनीको अवार्डलिएर मारूती सिमेन्टले भ्रमपूर्ण विज्ञापन गरेको भन्दै वाणिज्य विभागमा उजुरी
५ मंसिर, काठमाडाैँ । अर्कै कम्पनीको अवार्डलिएर मारूती सिमेन्टले भ्रमपूर्ण विज्ञापन गरेको भन्दै वाणिज्य विभागमा उजुरी परेको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा मारुती सिमेन्ट लिमिटेडविरुद्ध उजुरी दिएका हुन । उनले यस वर्ष एनएस क्वालिटी अवार्ड पाएको भन्दै विज्ञापन गरेपछि सिमेन्टविरुद्ध उजुरी गरेको बताएका छन । तिमल्सिनाले एउटाले अवार्ड पाएको अवस्थामा अर्को कम्पनीले भ्रमपूर्ण विज्ञापन गर्नु कानुनसम्मत नभएको तिमल्सेनाले दाबी गरेका छन ।

उनले उपभोक्ता संरक्षण ऐन २०७५ का साथै अन्य ऐनले पनि यस्तो भ्रमणपूर्ण विज्ञापन गर्न बन्देज लगाएको बताए। नापतौल तथा गुणस्तर विभागले गत कात्तिक २८ गते वितरण गरेको ‘एनएन क्वालिटी अवार्ड’ शिवम् सिमेन्टले पाएको थियो भने द्वितीय भई मारुती सिमेन्ट र तृतीय भई शुभश्री जगदम्बा सिमेन्टले सम्मानपत्र (लेटर अफ एप्रिसियसन) पाएका थिए। तर, मारुती सिमेन्टले विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा गरेको विज्ञापनमा उक्त कम्पनीले एनएस क्वालिटी अवार्ड पाएको दाबी गरेको छ। तिमिल्सिलना अवार्ड छनोट समितिकासमेत सदस्य हुन्।

प्रकाशित मिति : November 21, 2019 at 9:55 pm









