१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

साधारण तारेखमा रहन पाउनुपर्ने माग गर्दै महराले उच्च अदालतमा दिए निवेदन

५ मंसिर, काठमाडाैँ । साधारण तारेखमा रहन पाउनुपर्ने माग गर्दै निवर्तमान सभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका हन् ।

जिल्ला अदालत काठमाडौँले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न दिएकाे आदेश बदर गरी साधारण तारेखमा रहन पाउँ भन्दै महराका तर्फबाट निवेदन दर्ता भएको हाे । जिल्ला अदालतको आदेशअनुसार महरा हाल डिल्लीबजार कारागारमा थुनामा छन् ।

प्रकाशित मिति : November 21, 2019 at 5:47 pm