१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

तस्वीरमा हेर्नुहाेस् नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीकाे पदभार ग्रहण

५ मंसिर, काठमाडाैँ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई  पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । शपथग्रहणपछि नवनियुक्त मन्त्रीहरू सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई बिहीबार बधाई दिँदै निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल । तस्बिरः रोशन सापकोटा

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिरः रोशन सापकोटा

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बिहीबार मन्त्रालयमा कार्यभार सम्हाल्दै । तस्बिरः रत्न श्रेष्ठ

नवनियुक्त संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी बिहीबार मन्त्रालयमा पदभार सम्हाल्दै । तस्वीरः नारायण ढुङगाना

नवनियुक्त संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई बिहीबार स्वागत गर्दै मन्त्रालयका कर्मचारी । तस्वीरः नारायण ढुङगाना

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई मन्त्रालयमा बिहीबार स्ववागत गरिँदै । तस्बिरः रत्न श्रेष्ठ

प्रकाशित मिति : November 21, 2019 at 4:20 pm