१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

योग्यलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने कार्यले एक चोटी लज्जित भएका छौँः प्रभु साह

५ मंसिर, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रभु सहले योग्यलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने कार्यले लजित तुल्याएको बताएका छन । मन्त्रीमण्डल पुनर्गठनमा पर्ने चर्चामा रहेका शाहले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै कडा प्रतिक्रिया दिएका छन । उनले मन्त्रिमण्डल पुनर्गठन गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको आरोप समेत लगाएका छन ।

साहले लेखेका छन ‘कार्यसम्पादन को आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो ।मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लजित भएकाछौ ।’

प्रकाशित मिति : 12:22