थप उर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको छुः गोकर्ण विष्ट
५ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयबाट बाहिरिदाँ पनि प्रेरणा प्राप्त भएको बताएका छन । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा मन्त्रीको रूपमा साथ र सोहयोग गर्ने सम्पूर्णलाइ धन्यवाद दिँदै मन्त्री विष्टले मन्त्रीबाट बाहिरिँदा पनि थप उर्जा र प्रेरणा मिलेको उल्लेख गरेका छन ।

उनले उल्लेख गरेका छन ‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ-वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ ।’ उनले काम गर्दा महुरी र ज्यामीले जस्तै काम गरेको भन्दै इमान्दारिता तलामाथि हुन नदिएको बताएका छन । मन्त्री विष्टले अघि लेखेका छन ‘अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’
प्रकाशित मिति : 11:39









