जिपले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
५ मंसिर, कैलाली । कैलालीको गोदावरी नगरपालिका २, तेघरीमा जिपको ठक्करबाट स्थानीय ३४ वर्षीय देवराम टमाटाको मृत्यु भएको छ । कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से.१ज ७३९ नम्बरको जिपले ठक्कर दिँदा सख्त घाइते टमटाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा बुधबार मृत्यु भएको हो ।
उनको टाउकोमा गहिरो चोट लागेको थियो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : November 21, 2019 at 9:51 am







