उपसभामुख शिवमाया तुम्बाहाम्फेले तत्काल राजनीनामा नदिने
४ मंसिर, काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले तत्काल राजिनामा नदिने भएकी छिन । संसदलाइ नेतृत्वबिहान बनाउन नहुने भन्दै उनले राजिनामा दिन अस्वीकार गरेकी हुन । उनको राजिनामाको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सल्लाह गरेका थिए ।

सोक्रममा तुम्बाहाम्फेले मन्त्री बन्न कुनै समस्या नरहे पनि तत्कालका लागि संसदको नेतृत्व खाली गरेर राजिनामा दिन नसकिने बताएकी हुन । प्रधानमन्त्रीले उनलाइ राजिनामाका लागि सहमत गराउन खोजेका थिए तर उल्टै उनले तत्काल संसद नेतृत्वबिहीन हुँदा त्यसले पुर्याउने क्षतिको विषयमा जानकारी दिएर प्रधानमन्त्रीलाइ कन्भिन्स गरिन । यसमा नेकपा नेतृत्व समेत सहमत भएको छ ।
प्रकाशित मिति : 14:31









