नेकपा सचिवालय बैठक जारी, मन्त्रपरिषद्को पुनर्गठनका सम्बन्धमा ठोस निर्णय आउने सम्भावना
४ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । जारी सचिवालय बैठकमा सचिवालयका सात सदस्य उपस्थित रहेका छन । सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका प्रधानमन्त्रीले सरकारबाट विदा गर्ने मन्त्री र नयाँ ल्याउने मन्त्रीको बारेमा जानकारी गराउने बुझिएको छ ।

प्रधानमन्त्रीले बिहानैदेखि केही मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता समेत गरेका छन । केही अघि प्रधानमन्त्री र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सरकार परिवर्तनकै विषयमा केही छलफल गरेका थिए । देशबाहिर भएका कारण नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र उपप्रधानमन्त्री इश्वर पोखरेल बैठमा सहभागी भएका छैनन् ।
प्रकाशित मिति : 13:33









