सुदूरपश्चिममा गयाे ५.७ रेक्टर स्केलको भूकम्प
३ मंसिर, बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ः १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिनुभयो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।
प्रकाशित मिति : November 19, 2019 at 8:03 pm









