१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म सङ्घर्ष गरिरहन्छाैः अध्यक्ष जबरा

३ मंसिर,परासी। राष्ट्रिय प्रजातन्त्र पार्टी(सयुक्त)का अध्यक्ष पशुपति शम्शेर जबराले नेपाल हिन्दूराष्ट्र पुनःस्थापना नभएसम्म सङ्घर्ष गरिरहने बताउनुभएको छ । हिन्दूराष्ट्र पुनःस्थापनामा दबाब दिन राप्रपा(संयुक्त)ले सञ्चालन गरिरहेको सनातन हिन्दूधर्म जनजागरण धार्मिक यात्राको क्रममा आज पश्चिम नवलपरासीको रामग्राम स्तुपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले हिन्दूराष्ट्र पुनःस्थापनाको अभियानमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो ।  उहाँले भन्नुभयो, “संसारभर हिन्दूराष्ट्रको रुपमा चिनिदैँ आएको नेपालमा हिन्दू राष्ट्र पुनःस्थापना हुनुपर्छ, यसले मात्र नेपालको पहिचान स्थापित हुन्छ, संसारभरका हिन्दूहरु हाम्रो देशका धार्मिकस्थलमा आउँछन्, नेपाल हिन्दूराष्ट्र नभएसम्म सङ्घर्ष जारी रहन्छ”।

नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको चीनलाईसमेत मन नपरेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय कारणले पनि नेपाल हिन्दूराष्ट्र हुनुुपर्नेमा जोड दिनुभयो । राप्रपा संयुक्तका सचिवालय संयोजक धुव्रबहादुर प्रधानले कात्तिक २८ देखि जनकपुरबाट शुरु भएको जनजागरण धार्मिक यात्रा गजेन्द्रमोक्ष धाम, बाल्मिकीआश्रम हुँदै रामग्राम स्तुपमा आएको जानकारी दिनुभयो । अव तिलौराकोटबाट लुम्बिनी पुगेर भोलि समापन हुने उहाँले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : 17:15