सरकार र प्रधानमन्त्रीका काम जनताको बीचमा पुर्याउने काम गर्छु: प्रम सल्लाहकार थापा
२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका काम जनतासामु पुर्याउन काम गर्ने बताएका छन । साेमबार प्रधानमन्त्री कार्यालयमा पदबहाली पछि सल्लाहकार थापाले आफूले सञ्चार माध्यमसँग समन्वय गरेर अघि बढ्ने जानकारी दिए । उनले सञ्चार माध्यमकाे सहयाेगकाे अपेक्षा पनि गरे ।

सल्लाहकार थापाले समाचारहरुकाे अतिरञ्जना र फेक न्युजबाट सञ्चारमाध्यमहरु सजग बन्नुपर्ने बताए । समाजिक सञ्जाल र न्युमिडियाकाे समेत भूमिका महत्त्वपूर्ण र प्रभावकारी भएकाे हुँदा राम्रो कामकाे प्रशंसा र गलत हुँदा खबरदारी गर्नु स्वभाविक भएकाे बताए । उनले मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीकाे स्वास्थ्य उपचारका सम्बन्धमा मिडियामा आएका समाचारबारे ध्यानाकर्षण गराउँदै समाचारहरु यथार्थमा आधारित हुनुपर्ने बताए । उनले आगामी दिनमा काम गर्दा सबैकाे सुझाव लिएर अघि बढ्ने बताए ।
प्रकाशित मिति : 13:39







