गोरु काटेर खाएको आरोपमा ४ पक्राउ
३ मंसिर, बागलुङ । गोरु काटेर खाएको आरोपमा बागलुङको काठेखोला गाउँपालिका १, पालाबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चारैजनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चिहानडाँडाका ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान छन् ।

प्रकाशित मिति : November 19, 2019 at 8:25 am







