१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

मकैबारी घटनाको योजनाकार तरूण दल बाँकेका कोषाध्यक्ष केशर खड्का काठमाडाैँबाट पक्राउ

२ मंसिर, काठमाडाैँ । तरूण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन । महानगरीय प्रहरी अपराध महाशाखाले खड्कालाई काठमाण्डौंबाट पक्राउ गरेको हो । खड्कालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले पुष्टि गर्नु भएको छ। केही समयदेखी फरार भएका खड्का काठमाण्डौंमा पक्राउ परेका छन, डिएसपी शाहीले भन्नु भयाे, ‘मकैबारी घटनाको योजनाकार समेत रहेका खड्कालाई कोहलपुर झिकाएर ज्यान मार्ने कसुरमा मुद्धा चलाउँछौं ।’

खड्काविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि उनी फरार थिए । जिल्ला अदालत बाँकेले खड्का बिरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले उनी फरार भएपछि महानगरीय अपराध महाशाखालाई पक्राउ गर्नको लागि आग्रह गरेको थियो । रेडियो हातेमालोबाट साभार

प्रकाशित मिति : November 18, 2019 at 8:40 pm