सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस ६१ जनाको नाम सार्वजनिक
२ मंसिर, काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सिफारिस गरिएका पदाधिकारीहरूको नाम सार्वजनिक भएको छ । पदाधिकारी चयन गर्न आइतबार बसेको सिफारिस समितिको बैठकले दुवै आयोगका अध्यक्ष तथा सदस्यमा सिफारिस ६१ जनाको नाम सार्वजनिक गरेको हो ।
अध्यक्षका लागि १६ जनाको नाम सिफारिस गरिएको छ । जसमध्ये दुवै आयोगका लागि ७ जनाको नाम सिफारिस गरिएको छ । यस्तै, सत्य निरुपणका लागि ७ र बेपत्ता छानबिनका लागि २ जनाको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति : 09:41







