१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

बालुवाटार पुगेर सचिनले भेटे प्रधानमन्त्री ओली

१ मङ्सिर काठमाडाैँ । भारतका चर्चित क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । युनिसेफको सद्भावना दूतका रूपमा युनिसेफकै कार्यक्रमअन्तर्गत नेपाल आएका तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका हुन् ।

भेटको फोटो तथा जानकारी प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्याण्डिलबाट समेत उपलब्ध गराइएको छ ।

 

प्रकाशित मिति : November 17, 2019 at 3:45 pm