१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

गगन थापाले बाख्रा पालेको नुवाकोटको सुनखानीमा रंगशालाको शिलान्यास (भिडियोसहित)

१ मंसिर नुवाकोट । नेपाली कांग्रेसका नेता गगन थापाले बाख्रा पालन गरेको नुवाकोटको सुनखानीमा प्रदेश ३ को सरकारले रंगशाला निर्णण गर्ने भएको छ । कुनै समय थापाले बाख्रा पालन गरेको स्थान भन्दा केही तलको सोही गाउँमा रंगशाला निर्माणका लागि शनिबार शिलान्यास समेत भएको छ । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, उपसभामुख राधिका तामाङ, प्रदेश सांसद बद्री मैनाली लगायतले रंगशालाको संयुक्त रूपमा शिलान्यास गरे ।

शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीको बृता चौरमा निर्माण हुने शहिद स्मृति रंगशालाले खेल क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । शिलन्यास गरिएको शहिद स्मृति रंगशालाको पूननिर्माण आगामी पुस मसान्तभित्र सकिसक्ने लक्ष्य राखिएको छ । उक्त रंगशाला निर्माण गर्न प्रदेश ३ सरकारको १ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री दुलालले कुनै राजनैतिक विचार र आस्थाको क्षेत्रलाई माथी उठाउन भन्दा पनि १३ वटै जिल्लाको विकासको लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन ।  उनले प्रदेश ३ भित्रको जिल्लाहरु सेवा सुविधाको हिसावले सम्पन्न भएता पनि त्यसलाई गुणस्तरिय कसरी बनाउने भन्नेमा गृहकार्य भइरहेको बताए । दुलालले खेलले नै मानव जीवनलाई फूर्तिलो र तन्दुरुस्त राख्न सहयोग गर्ने भएकोले त्यसलाई मध्यनजर गर्दै प्रदेश सरकार खेलकुदको विकासको लागि लगानी गर्दै आइरहेको बताए । 

सोही कार्यक्रममा प्रदेश ३ सरकारका उपसभामूख राधिका तामाङले समग्र नुवाकोट जिल्लालाई अन्य जिल्लाको तुलनामा उत्कृष्ट बनाउन पहल जारी रहेको बताइन । यस्तै रंगशालाको सिलन्यास कार्यक्रममा प्रदेश संसाद बद्रि मैनाली, पूर्व सांसद राजेन्द्र लोहोनी, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थपा, उपाध्यक्ष मञ्जु केसी, वडा नम्बर ७ का वडा अध्यक्ष माधव भेटुवाल लगायतले तोकिएकै समयमा रंगशालाको निर्माण कार्य सक्नुपर्नेमा जोड दिए । रंगशलाले खेलप्रेमी युवाहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगादन मिल्ने स्थानीय हरिराम भेटुवालले बताए ।

प्रकाशित मिति : November 17, 2019 at 10:19 am