दाङबाट विप्लवका दुई कार्यकर्ता पक्राउ
१ मंसिर, दाङ । प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । दाङ-बबई गाउँपालिकाका एरिया इन्चार्ज नीमबहादुर डाँगीलाई शनिबार बबई ५, ट्वाङखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रदेश ३–०२०-०७प १२०४ नम्बरको मोटरसाइकलमा हिँडिरहेको अवस्थामा ३२ वर्षीय डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।
यस्तै दाङबाटै विप्लव समूहकै सेक्सन अध्यक्ष शान्तिनगर गाउँपालिका १, पटेरीखोलाका ३० वर्षीय प्रकाश बुढामगर पनि पक्राउ परेका छन् । उनलाई भने प्रहरीले अस्ति शुक्रबार बेलुका ६ बजेतिर पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : November 17, 2019 at 8:50 am







