१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

वसन्तपुरमा आजदेखि पार्किङ निषेध

२८ कात्तिक, काठमाडौं । वसन्तपुरको डबली क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगाइएको छ । ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी र हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयका प्रतिनिधिको वसन्तपुरमा बसेको संयुक्त बैठकले आजदेखि वसन्तपुरमा पार्किङ रोक लगाउने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिका २३ का अध्यक्ष मचाराजा महर्जनले वसन्तपुर क्षेत्रमा आज (बिहीबार) बाटै पार्किङ निषेधको होडिङ बोर्ड राखिने जानकारी दिए । उनले पार्किङ निषेधमा कडाइ गर्न नगर प्रहरी परिचालनसमेत गरिने बताए ।

बैठकमा उनले वसन्तपुर क्षेत्रमा दीर्घकालीनरूपले सवारी पार्किङ निषेध गर्ने योजनाबारे छलफल भएको जानकारी दिए। ‘अहिले विभिन्न संरचना बनिरहेको छ। सबै पूर्वाधार तयार गरिसकेपछि दीर्घकालीनरूपमा पार्किङ व्यवस्थापन गर्छौं ।’

विश्व सम्पदामा सूचीकृत क्षेत्रमा अनधिकृत रूपमा सवारी पार्किङ गरिएपछि सम्पदाप्रेमीले यसलाई हटाउनुपर्ने माग राख्दै आएका थिए ।

प्रकाशित मिति : November 14, 2019 at 9:51 am