चितवनमा दुर्घटना, एकको मृत्यु
२८ कात्तिक, चितवन । चितवनमा बिहीबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.१०च ४४१३ नम्बरको बोलेरो र विपरीत दिशाबाट गइरहेको बा.६६प २९६५ नम्बरको मोटरसाइकल इच्छाकामना गाउँपालिका ६, जलविरेमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका ६ का ३० वर्षीय रोशन सापकोटा छन् । दुर्घटनामा सख्त घाइते सापकोटाको उपचारका क्रममा बिहान सवा ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 14, 2019 at 9:15 am







