१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

धारिलो हतियार प्रहार गरी सौताको हत्या

२८ कात्तिक, सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिका ४, सुन्दरपुरमा ३५ वर्षीया कोरैसा खातुनले आफ्नै सौतालाई धारिलो हतियार प्रहार गरी हत्या गरेकी छन् । प्रहरीका अनुसार पराल काट्ने फलामे गरासले २२ वर्षीया सौता खुर्सिदा खातुनको घाँटी, छाती, टाउको र हातमा प्रहार गरी कोरैसाले हत्या गरेकी हुन् । कोरैसा भने शेख बलालकी जेठी पत्नी हुन् भने खुर्सिदा कान्छी हुन् ।

खुर्सिदाको हत्यापछि कोरैसाले झोलामा हालेर उनको शव फाल्न लागेका बेला प्रहरीले पक्राउ गरेको हो ।

जेठी कोरैसाबाट सन्तान नभएपछि पति बलालले ३ महिनाअघि मात्र खुर्सिदासँग बिहे गरेका थिए । हत्यामा संलग्न कोरैसालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 14, 2019 at 8:27 am