१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

युवा संघले टुंग्यायो ७५ जिल्लाको संयोजक, मतपत्र च्यात्ने न्याैपाने चितवनको संयोजक (सूचीसहित)

२८ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघले जिल्ला एकताको टुंगो लगाएको छ । युवा संघका सहसंयोजक रमेश पाैडेलका अनुसार संघको कात्तिक २६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो । लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोकिएको छैन। दुवै जिल्ला संयोजक साविक युवा संघको भागमा परेका थिए।

संघले चितवन संयोजकको जिम्मेवारी साविकको वाईसीएलतर्फकै मोदनाथ न्यौपानेलेलाइ दिएको छ । न्याैपाने भरतपुर प्रकरणमा मतपत्र त्यात्ने व्यक्ति हुन । ललितपुर संयोजकमा साविकको युवा संघ नेपालका गोविन्द थापा नुवाकोटमा साविककै युवा संघका पशुपति थापा संयोजक तोकिएका छन । ७७ मध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाएको छ। युवा संघले कात्तिक ३० गते केन्द्रीय समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाएको छ ।

प्रकाशित मिति : November 14, 2019 at 8:31 am