चितवनमा उप-निर्वाचन : ३ वडामा १३ को उम्मेदवारी
२८ कात्तिक, चितवन । मंसिर १४ गते हुने स्थानीय तहको उप-निर्वाचनका लागि चितवनमा हिजो मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन कार्यालयमा ३ वडाका लागि १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
भरतपुर महानगरपालिका वडा १६ मा ५, खैरहनी नगरपालिकाको वडा ४ र ५ मा ४-४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकारी हरि ढकालका अनुसार भरतपुर महानगरपालिका वडा १६ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भक्तराज हमाल, नेपाली कांग्रेसका अमृतराज हमाल, राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी र समाजवादी पार्टीका अम्बरबहादुर थापाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी खैरहनीको वडा ४ मा नेकपाका वेदबहादुर अधिकारी, नेपाली कांग्रेसका देवप्रसाद बस्नेत, राप्रपाका अनुज अधिकारी र राप्रपा संयुक्तका सीताराम थापाले मनोनयन दर्ता गराएका छन् । खैरहनीको वडा ५ मा नेकपाका पुननारायण प्रधान, नेपाली कांग्रेसका प्रतिमा कार्की, राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी र समाजवादी पार्टीका विकन महतो थारुले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराए । मनोनयन दर्ता गर्न दलहरुले बाजागाजासहित निर्वाचन कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : 07:35







