१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

नेकपा जनताको सुख-दुखको पार्टीः नेतृ भट्टराई

२७ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे । चुनावी अभियानका क्रममा वडाका विभिन्न ठाउँमा बुधबार उम्मेदवार विद्या भट्टराई पुगिन् । नेकपाले उपनिर्वाचन हुने कास्कीको पोखरा महानगरका ११ वटै वडामा विभिन्न कार्यक्रम गरिरहेको छ । विद्यालाई ९४ वर्षीया बालकुमारी पराजुलीले विजयको शुभकामदा दिइन् ।

पोखरा बसपार्कको कार्यक्रममा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले विकास, निर्माणका कामको नेतृत्व नेकपा सरकारले गर्ने र सुरु भएका काम पनि छिट्टै पुरा हुने प्रतिवद्धता गरे । उनले भने, ‘नयाँ योजना पनि नेकपा सरकारले अगाडि बढाउँदैछ । निर्माण हुँदै गरेका योजना चाडै बन्न पनि नेकपालाई नै मत दिनुस् ।’ बुधबार वडा नं. ९ का न्युरोड, नयाँबजार, साँघुकोमुख, शान्तिवन, बसपार्क, शुभकामना टोल लगायत विभिन्न ठाउँमा सभा भएका छन् ।

उम्मेदवार विद्याले जनताका अधुरा सपना पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताइन् । ‘३ तहका सरकारसँग समन्वय गरी विकासका कामको अगुवाइ गर्नेछु,’ उनले भने । विद्याको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भीमसेनचोक स्थित सहिद भीमसेन दाहालको शालिकमा माल्यार्पण गरी सुरू भएको छ ।

प्रकाशित मिति : 18:09