नेकपाबाट पिपरा गाउँपालिकामा विक्रम चौधरीको उम्मेदवारी दर्ता
२७ कात्तिक, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा अध्यक्ष पदको लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट विक्रम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरी निकटतम प्रतिद्वन्द्वी हुँदै पराजित भएका थिए ।

पूर्व एमाले पृष्ठभूमिका चौधरीलाई नेकपाले आगामी उपनिर्वाचनको उम्मेदवार बनाएको छ । उनले बुधवार उम्मेदवारी दर्ता गराएका छन् ।राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्षमा निर्वाचन विनोद चौधरीको मृत्यु भएपछि गाउँपालिकामा उपनिर्वाचन हुन लागेको छ । स्थानीय तह उपनिर्वाचनका लागि बुधवार उम्मेदवारी दर्ता गरिँदैछ ।
प्रकाशित मिति : 15:59









