१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सिकार खेल्न जाँदा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु

२७ कात्तिक, उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडामा मंगलबार राति एक जनाको गोली लागेर मृत्यु भएको छ ।गोलीको छर्रा लागेर स्थानीय ५० वर्षीय शंकर राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले बताए ।


सिकार खेल्न जाँदा भरुवा बन्दुक पड्किएर राउतलाई लागेको प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : November 13, 2019 at 11:51 am