१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

उत्तरगया धाम सक्ने कांग्रेस नेताको प्रयास असफल, मध्य त्रिशुलीगंगा जलविद्युको लाइसेन्स खारेज

-प्रशान्तजंग पाण्डे

५ साउन, नुवाकोट । करीब ७ वर्षको विवादपछि विद्युत व्यवस्था विभागले मध्य त्रिशुलीगंगा जलविद्यु आयोजनाको लाइसेन्सनै खारेज गरेको छ । यसअघि उत्तरगया धामभन्दा एक सय मिटर माथि जलविद्युत आयोजना वनाउन ‘ट्रेलरेस’ रहने गरि सम्भाव्यता तथा वातावरणीय अध्ययन अगाडि बढाउन पत्राचार गरेको विभागले केही साता अघि लाइसेन्स नै खारेज गरिदिएको हो । यसअघि विभागको असार १० वैठकको निर्णयपछि पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिलाई पत्राचार गरेर उत्तरगया धामभन्दा एक सय मिटर माथि जलविद्युत आयोजना वनाउन ‘ट्रेलरेस’ रहने गरि काम गर्न अनुरोध गरेको थियो ।

विभागले लेखेको पत्र ।

यसअधि मध्यगंगा त्रिशुलीगंगा जलविद्युत आयोजनाले उत्तरगया धाममा त्रिशुली गंगाको वहाव परिवर्तन गर्ने गरि श्री पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालि अनुमति माग गर्दै आएको थियो । सोही अनुसार विभागले उत्तरगया धामभन्दा करिब २ किलोमिटर तल ‘ट्रेलरेस’ रहने गरि पत्राचार गरेको थियो । तर त्यो स्थानीय बासिन्दालाई मान्य भएन । ऐतिहासिक एवं धार्मिक क्षेत्र विरुद्ध विभागको त्यो निर्णयप्रति स्थानीय बासिन्दाले उत्तरगया वचाउ अभियान तदर्थ संघर्ष समिति गठन गरि आवाज उठाउँदै आएका थिए ।

उत्तरगया धाम ।

सोही आवाज बमोजिम विभागले लाइसेन्स खारेज गरी जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतमा पत्राचार गरेको छ । स्थानीयले उत्तरगया धाम बचाउनका लागि प्रहरीदेखि मानवअधिकार आयोगसम्म गुहार मागेका थिए । ‘हिजो हाम्रा पुस्तासँग गाँस, वाँस र कपास कम थिए होलान् । तैपनि उनीहरुले आफ्ना आस्थाबाट कतिपनि विचलित नभई पूर्खाको धरोहर सुरक्षित तथा त्यसको वोध पछिल्लो पीडिलाई गराउँदै आएको जगजायरै छ। हाम्रो आफ्नो मृत्यु संस्कारसँग जोडिएका धरोहरमाथि कसैले आज ठेस पुर्‍याउँछन् भने, त्यो संघीय गणतन्त्रात्मक मुलुक नेपालका वौद्ध तथा सनातन धर्मालम्वीहरुलाई मान्य हुने छैन,’ समितिका अक्ष्यक्ष ओमप्रकाश घिमिरेले दैनिकीसँग भने ।

मानवअधिकार आयोगले संघर्ष समितिका नाममा पठाएको पत्र ।

घिमिरेले उतरगया-धाममा पर्ने असरका बारेमा जानकार हुँदा हुँदै पनि पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रस्तावित मध्य त्रिशुली गंगा जलविद्युत आयोजनाले विद्युत प्राधिकरणसँग विद्युत खरिद संझौता (पीपीए)समेत गरिसकेको अवस्थामा विभागले लाइसेन्स खारेज गरेर स्थानीयको माग पूरा गरेको बताए ।

रसुवा र नुवाकोटको सिमानामा पर्ने उत्तरगया धाम सनातन तथा बौद्ध धर्मालम्वीहरुको पवित्र तीर्थस्थलका रुपमा पुजिदै आएका छन् । हरेक वर्ष पौष कृष्ण ‌औंशीका दिन सो क्षेत्रमा देशभरबाट आफ्ना पिता-पूर्खाका स्मान, स्मरण तथा मानवीय थिति निर्माणमा निरन्तरता दिन हजारौं तीर्थयात्रीहरु भेला हुने गर्दछन् । जलविद्युत निर्माणका विषयमा रसुवाका उत्तरगया गाउँ पालिका, कालिका गाउँ पालिका, नौकुण्ड गाउँपालिकालगायतले फरक मत राख्दै मन्त्रालय तथा विद्युत विकास विभागलाई पत्राचारसमेत गरिसकेका थिए ।

जिल्ला प्रहरी कार्यालय रसुवाले मानवअधिकार आयोगलाइ लेखेको पत्र ।

नेपाली कांग्रेसका नेता समेत रहेका ठेकेदार भरत खड्काको नेतृत्वमा उत्तरगया धाम नै सामाप्त पार्ने अभियानमा तत्कालीन माअोवदीका नेताहरूले साथ दिएका थिए । ठेकेदार खड्का नेकपाकी नेतृ एवं संविधानसभा सदस्य राममाय वोगटीका अाफन्त समेत हुन । उनीहरूले उत्तरगया समाप्त पार्न खड्काले बनाएको योजनामा साथ दिएका थिए। अन्ततः उनीहरूको त्यो सबै प्रयास इमान्दार स्थानीयको बीचमा असफल भएको छ । संघर्ष समितिलाइ पत्राचार गर्दै राष्ट्रिय मानवअधिकार अायोग र जिल्ला प्रहरी कार्यालय रसुवाले छुट्टाछुट्टै पत्रमार्फत विद्युत अायोजनाको लाइसेन्सनै खारेजको गरेको जानकारी दिएको  छ।

यो पनि पढ्नुहोसः

-कांग्रेस नेताको नेतृत्वमा वेत्रावतीको अस्तित्व समाप्त पार्न खोजेपछि संरक्षणका लागि हस्ताक्षर अभियान

-कांग्रेस नेताको नेतृत्वमा उत्तरगया धाम समाप्त पार्ने योजना असफल, स्थानीयको माग यसरी भयो पूरा

प्रकाशित मिति : November 13, 2019 at 9:35 am