१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

श्रमिकको पक्षमा पैरवी र हितका लागि सबैको इमानदारपूर्ण पहल र प्रतिबद्धता आवश्यकः मन्त्री विष्ट

२६ कात्तिक, काठमाडाैँ । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आजको विश्व परिवेशमा जनावरको अधिकार संरक्षण एवं हकहित प्रवद्र्धनका लागिसमेत अन्तर्राष्ट्रिय महासन्धि र सिफारिस भएका सन्दर्भमा आप्रवासी श्रमिकको मानवोचित व्यवहार र अधिकारको विषय स्थापित गर्नसमेत कठिनाइ हुनु नेपालका लागि मात्र हैन मानव अधिकारको क्षेत्रमा समेत विश्वव्यापी रुपमा गम्भीर चिन्ता र चुनौतीको विषय भएको बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको ‘आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै  मन्त्री विष्टले श्रमिकहरु अत्यन्त जोखिम र आधारभूत अधिकारको समेत उपयोग गर्न नपाएका अवस्था विधमान रहेको उल्लेख गर्दै उहाँले यसका लागि श्रमिकको पक्षमा पैरवी र उनीको हक, हित र मानव अधिकार प्रवद्र्धन गर्न सबैको इमानदारपूर्ण पहल र प्रतिबद्धता आवश्यक भएको बताउनुभयो ।

“श्रमिकका अधिकारका विषयलाई आप्रवासनको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको मात्र नभई विश्वव्यापी रुपमा आमनागरिकको सरोकारको विषय बनाउन सकिएमा मात्र हाम्रा सामूहिक प्रयासले सार्थकता पाउन सक्नेछन्”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : 23:28