१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

नेपाल आउँदै बंगलादेशी राष्ट्रपति हमिद

२६ कात्तिक, काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाललको चारदिने औपचारिक भ्रमणका लागि आज मध्याह्न नेपाल आउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् । भ्रमणका क्रममा हमिदले नेपाली समकक्षी, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

साथै उनले उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्नेछन् । साथै हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरालगायत स्थानको पनि अवलोकन गर्ने कार्यक्रम तय छ ।

प्रकाशित मिति : 08:47