१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाउने अस्कल क्याम्पसका पाँच विद्यार्थी नेता पक्राउ

२५ कात्तिक, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको तस्बीरमा आगो लगाउने अस्कल क्याम्पसका पाँच विद्यार्थी नेता पक्राउ परेका छन । सोमबार साँझ क्याम्पस नजिकै लैनचौरमा भारतीय प्रधानमन्त्री मोदीको तस्बीर अंकित पुत्ला जलाउन खोज्दा पाँच विद्यार्थी नेता पक्राउ परेको अनेरास्ववियूका नेता आरके रोमसले जानकारी दिए ।

अस्कल क्याम्पसका बिद्यार्थी नेताहरुलाई प्रहरीले सोमबार साँझ लैनचौरबाट पक्राउ गरेको पुष्टि गरेको छ । उनीहरू भारतले जारी गरेको नयाँ नक्साको बिरोधमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने क्रममा लैनचौर बाट प्रकाउ परेका हुन । पक्राउ पर्नेमा अनेरास्ववियुका निराजन पौडेल, अनेरास्ववियुकै भुपेन्द्र लामा र नेविसंघका नेताहरू प्रेम जिसी, धर्मराज वली र तारा थापा रहका छन ।

प्रकाशित मिति : November 11, 2019 at 9:24 pm