१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

काभ्रेमा बस दुर्घटना, ३० जना घाइते

२५ कात्तिक, धुलिखेल । काभ्रेको बेलामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु घाइते भएका छन् । बनेपाबाट भकुण्डेबेसीतर्फ जादैँ गरेको बा ४ ख ३३१९ नम्वरको बस नमोवुद्ध नगरपालिका वडा नम्वर २ बेलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा रहेका सबै यात्रुहरु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ । बसमा रहेका ३० जना यात्रु घाइते भएका र उनिहरूला इ उपचारका लागि जिल्ला अस्पताल धुलिखेल ल्याइएको प्रहरीले जनाएकाे छ । बस सडकबाट करिव १५० मिटर तल खसेको थियाे ।

प्रकाशित मिति : November 11, 2019 at 6:24 pm