ठगी आराेपमा ज्योति ग्रूपका अध्यक्ष पद्म ज्योति पनि पक्राउ पर्दै, अदालतले दियाे अनुमति
२५ कात्तिक, काठमाडौँ । रुप ज्याेतिकाे पक्राउकाे बिराेध चर्किरहेकाेबेला नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा ज्योति ग्रूपका अध्यक्ष पद्म ज्योतिलाई पनि पक्राउ गर्न अदालतले आदेश दिएको छ ।

साेमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न आदेश दिएकाे हाे । यस अघि ठगी आरोपमा ज्योति ग्रूपमा उपाध्यक्ष डा. रुप ज्योति र उनका छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति : November 11, 2019 at 6:07 pm







