१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

नेकपाको सचिवालय बैठक जारी, गम्भीर मुद्रामा देखिए प्रचण्ड र बादल, हेर्नुहोस् पाँच तस्बीर

२५ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । बैठकले पार्टी एकताका सबै बाँकी काम टुंग्यउने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन । बैठकमा सरकारको मसिक्षा र प्रभावकारी बनाउने विषयमा समेत छलफल हुने बुझिएको छ ।

सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । बैठकमा यस बारेमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्रीकै चाहनाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिएपछि प्रधानमन्त्रीले मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको समाचारहरू बाहिरिएका छन । तस्बीरहरूः कृष्ण पाैड्याल र प्रदीपराज वन्त ।

प्रकाशित मिति : 10:47